अपडेट

धादिङ बस दुर्घटना: ८ जनाको निधन

केन्द्रभाग मिडिया

काठमाडौं ।

धादिङको गजुरीमा दुर्घटनामा परेको बसमा सवार ८ जनाको निधन भएको छ ।

काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरीमा दुर्घटना परेको थियो ।

उक्त बस त्रिशुली नदीमा खसेको थियो । धादिङ प्रहरीले दिएको जानकारीअनुसार निधन भएका ८ मध्ये ६ जना पुरूष र २ जना महिला रहेका छन्। उनिहरुको सनाखत भइसकेको छैन ।

  • ६ भाद्र २०८०, बुधबार १२:३९ प्रकाशित