मुग्लिन–नारायणगढ सडक सञ्चालन

केन्द्रभाग मिडिया

File photo

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ ।

सडक विभाग भरतपुरका अनुसार सोमबार राति ८ बजे अवरुद्ध भएको सडक मंगलबार अपरान्ह १२ः५५ बजेदेखि सञ्चालनमा आएको हो ।

यस वर्षको सबैभन्दा ठूलो पहिरो आएर सडक बन्द भएपछि आज रातभर काम गरिएको थियो । यस सडक खण्डको नाम्सी पुल नजिक ठूलो पहिरो गएको हो । पहिरो हटाउनको लागि ४ वटा स्काभेटरको प्रयोग गरिएको थियो ।

  • ५ भाद्र २०८०, मंगलवार १४:३३ प्रकाशित