पोखरा ।
दलहरु बीच उच्चस्तरीय छानविन समिति बनाउने सहमति भएसंगै संसद अबरोध हटेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १० साउन देखि गर्दै आएको संसद अवरोध हटेको हो।
सोमबार साँझ साढे ८ बजेदेखि झण्डै ११ बजेसम्म बसेको राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेतासहितको बैठकमा सहमति जुटेसँगै उक्त विषयमा कार्यविधि कसरी बनाउने भनेर तीन सदस्यीय समिति बनाइएको छ ।
समितिको टिओआर बनाउन नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, काङ्ग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई अनौपचारिक जिम्मेवारी दिइएको छ ।
उच्चस्तरीय छानबिन समिति बनाउने र सो को ड्राफ्ट बिहान ११ बजेसम्म तयार गर्नेगरी तीन सदस्यीय समितिले काम गर्नेछ।
सोमबार साँझ ढिलोगरी सुरु भएको बैठकमा सहमति भएसँगै मंगलबार दिउँसो ३ बजेका लागि प्रतिनिधि सभा बैठक आव्हान भएको छ ।
नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीका अुनसार छानबिन समिति बनाउन दलहरूबीच सहमति भएको हो ।