प्रतिनिधिसभाको बैठक बस्दै नबसी भदौ ५ गतेसम्मलाई स्थगित

केन्द्रभाग मिडिया

प्रतिनिधिसभाको बैठक बस्दै नबसी भदौ ५ गतेसम्मलाई स्थगित

काठमाडौँ ।

सङ्घीय संसद् अन्तर्गत आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको बैठकमा अवरोध गर्ने भएपछि भदौ ५ गते ३ बजे बस्ने गरी स्थगित गरिएको हो । नेकपा एमालेले सुन प्रकरणको छानबिन गर्न समिति गठन गर्नुपर्ने माग राख्दै संसद् अवरुद्ध गर्दै आएको छ ।

आइतबार बिहान संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । तर, सत्तापक्ष र प्रतिपक्षले अडान नछोड्दा सहमति जुट्न सकेको थिएन ।

आजको बैठकमा सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको थियो ।

  • ३ भाद्र २०८०, आईतवार १५:१६ प्रकाशित