चरक मेमोरियल हस्पिटलमा ‘ओपन हार्ट सर्जरी’ सेवा सुरु

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशमा पहिलो पटक पोखराको चरक मेमोरियल हस्पिटलले ‘ओपन हार्ट सर्जरी’ सेवा सुरु गरेको छ । हस्पिटलले २६ साउनमा  पोखराका ४५ वर्षीय एक पुरुषको सफल सर्जरी गरेको हो ।

शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर अस्पतालले सफलतापूर्वक ओपन हर्ट सर्जरी सम्पन्न भएको जानकारी दियो । नेपालमा ओपन हार्ट सर्जरीको असेवा निकै कम अस्पतालमा मात्रै उपलब्ध रहेको छ ।सर्जरीमा दक्ष टिमको आवश्यक हुने भएकोले अझै पनि धेरै ठाउँहरुमा यो सेवा उपलब्ध रहेको छैन ।

काठमाडौँबाट चिकित्सकको दक्ष जनशक्ती र चरक अस्पतालका स्वास्थ्यकर्मीले सर्जरी गरेको अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेल पात्रकार सम्मेलनमा जानकारी दिए । करिब ३ करोड लागानी थप गरेर ओपन हार्ट सर्जरीको लागि सेटअप गरिएको पोखरोलले बताए ।

मनमोहन कार्डियोथोरासिक भास्कलर तथा ट्रान्सप्लान्ट सेन्टर काठमाडौका बरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराइको नेतृत्वमा सर्जरी गरिएको हो । मुटुका दुइवटा ठुला–ठुला नसा बन्द भएको विरामीको सर्जरी गरिएको डा. भट्टराईले जानकारी दिए ।

सरकारले मुटुको उपचारका लागि दिने एक लाख रुपैयाको सहायता पनि चरकमा पाउन सकिने अस्पतालका प्रबन्ध निर्देशक पोखरेल बताए । स्वास्थ्यकर्मीको स्थाई टिम नबन्दा सम्म अस्पतालले काठमाडौबाट दक्ष जनशक्ती ल्याएर उक्त सेवा दिने बताएको छ ।

सर्जरीका लागि एक डेढ लाख देखी बढिमा ६ लाख रुपैया खर्च लाग्ने डा. भट्टराइले बताए ।

  • १ भाद्र २०८०, शुक्रबार १८:३८ प्रकाशित