ललिता निवास प्रकरणका दुई आरोपी रिहा, अरुको पाँच दिन म्याद थप

केन्द्रभाग मिडिया

काठमाडौँ ।
ललिता निवास जग्गा प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका आरोपीमध्ये दुई जना रिहा भएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा रहेका मालपोत कार्यालयका तत्कालिन प्रमुख धर्म गौतम र समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरेलाई जिल्ला अदालत काठमाडौंले रिहा गर्न आदेश दिएको हो ।

उनीहरुलाई अभियोग पत्र पेश गर्दा सँगसँगै पेश गर्न आदेश भएको सीआईबीका प्रवक्ता नवराज अधिकारीले बताए । अदालतले स्वास्थ्य र उमेरका कारणले उनीहरुलाई थुना बाहिर राख्न भनेको सीआईबीले जनाएको छ ।

गौतम पक्राउ परेको ५१ औँ दिनमा छुटेका हुन् । घिमिरे भने पछि पक्राउ परेका थिए । अन्यको हकमा भने अदालतले ५ दिनको समय दिएको छ । ललिता निवास प्रकरणमा भदौ ८ गतेभित्र अदालतमा मुद्धा दर्ता भइसक्नुपर्ने छ ।

  • ३१ श्रावण २०८०, बुधबार २०:३१ प्रकाशित