सांसद कार्कीद्वारा लम्पिस्किन भाइरस बिरुद्ध सार्बजनिक महत्त्वको प्रस्ताव दर्ता

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेश सभामा कास्की क्षेत्र न २(१) बाट निर्बाचित सांसद भिम बहादुर कार्किले गण्डकी प्रदेश सभामा बुधबार लम्पिस्किन भाइरस बिरुद्ध सार्बजनिक महत्त्वको प्रस्ताव दर्ता गरेका छन् काकी । नेकपा एमालेका सांसद हुन् ।

प्रस्ताव दर्ता गर्दै कार्कीले गण्डकी प्रदेशमा ठुलो महामारीको रूपमा फैलिएको सो रोग नियन्त्रणमा प्रदेश सरकारको शसक्त कदम आबश्यक भएको भन्दै तत्काल रोकथामका उपाय सहित उपचार र नियन्त्रणका उपाय अगाडी बढाउन आग्रह गरे।

कार्कीले गण्डकी प्रदेशमा मात्रै ७९४८१ गाई भैसिमा संक्रमण देखिँदा ,३२४७ को मृत्यु भैसकेको र अझै चालीस हजार संक्रमणमै रहेको भन्दै खोपको अपर्याप्तता रहेको तर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

उनले यो रोगको प्रकोपले अर्थतन्त्रमा गम्भीर नकारात्मक असर परेको र किसानहरूलाई तत्काल राहत सहित क्षति न्यूनीकरण तर्फ केन्द्रित हुनुपर्ने उल्लेख गरे ।

बिमा गरिएका गाइभैसीहरू मृत्यु भैसकेपछी किसानहरूले क्षतिपूर्ति बापतको बिमा रकम भुक्तानीमा समेत केही बिमा कम्पनीहरूले आनाकानी गरिरहेको सूचना आएको भन्दै बिमा भुक्तानीमा तत्काल सरकारको ध्यानाकर्षण गर्दछु कार्कीले उल्लेख गरे।

  • ३१ श्रावण २०८०, बुधबार २०:२० प्रकाशित