काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले जबर्जस्ती संसद् अवरुद्ध पारेको आरोप लगाएका छन्। उनले सत्तापक्षले नै संसद्को अवरोध खुलाउनुपर्ने बताएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफलपछि अध्यक्ष ओलीले भेटमा राष्ट्रपति पौडेलले संसद्मा रहेको गतिरोध अन्त्य गर्नु राम्रो हुने भनेको बताए ।
‘संसद्को गतिरोध अन्त्य गराउने विषयमा छलफल भयो । उहाँले संसद् खोल्दा राम्रै हुन्छ भन्नुभयो, मैले खोल्नैपर्छ भनेँ,’ ओलीले भने, ‘संसद् अवरोध गर्नुहुदैन, सत्तापक्षले जबरजस्ती संसद् अवरोध गरिरहेको छ, यो अवरोध सत्तापक्षले नै खुलाउनुपर्छ ।’













