तिलोत्तमा–३ मा शुभबिहानी बाल समूह गठन

केन्द्रभाग मिडिया

रुपन्देही ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ३ शुभबिहानी टोलमा बाल समूह गठन गरिएको छ ।

शुभबिहानी टोल विकास संस्थाका बालबालिकाहरुको भेलाले १५ सदस्यीय शुभबिहानी बाल समूह गठन गरेको हो ।

बाल समूहको अध्यक्षमा शुशान्त रेग्मी रहेका छन् भने उपाध्यक्षमा वर्षा भट्टराई, सचिवमा समर्पण भट्टराई, कोषाध्यक्षमा आशिष पौडेल र सहसचिवमा पुजा पाण्डे रहेका छन् ।

त्यस्तै सदस्यहरुमा अंशु थापा, रिजन राना, क्रृदम भुसाल, अनुज्ञा पोखरेल, एलिशा थापा, प्रजेश गौतम, प्रज्ञा अर्याल, श्लोक पन्थी, रिया कुँवर र आयूषा राना रहेका छन् ।

तिलोत्तमा वडा नम्बर ३ का जनप्रतिनिधि घनश्याम पौडेललगायतले बाल समूह गठनमा सहजीकरण गरेका थिए । त्यस अवसरमा उनले बाल समूहलाई समाज परिवर्तनको अभियानमा सहयोगी बन्न सुझाव दिंदै समूहले गर्नुपर्ने काम लगायतका विषयमा प्रकाश पारेका थिए ।

तिलोत्तमा नगरपालिकाको बाल समूह गठन तथा सहजीकरण निर्देशिका–२०७६ मा स्थानीय तहमा सूचीकृत भएका १८ वर्षभन्दा कम उमेरका बालबालिकाहरुको समूहलाई सहभागी गराएर बाल समूह गठन गर्न सक्ने व्यवस्था छ ।

निर्देशिकाले बालबालिकाको संगठन स्वतन्त्रताको अधिकारलाई प्रभावकारी कार्यान्वयन गर्ने, बालमैत्री स्थानीय शासनको प्रभावकारी कार्यान्वयनमा टेवा पु¥याउने, बालमैत्री पूर्वाधार विकासमा टेवा पु¥याउनेलगायतका उद्देश्य राखेको छ । यस्ता बाल समूहहरु कुनै टोल, बस्ती वा वडाभित्र ८ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई सहभागी गराएर गठन गर्न सक्ने व्यवस्था छ ।

  • २४ कार्तिक २०७८, बुधबार १४:२७ प्रकाशित