जङ्गलमा निउरो टिप्न गएका बेला खोलाले बगाउँदा बुबाछोरा बेपत्ता

केन्द्रभाग मिडिया

दोलखा ।
दोलखामा खोलाले बगाउँदा बुबाछोरा बेपत्ता भएका छन् । खोलाले बगाउँदा बिगु गाउँपालिका–७ का निम्फुन्जो शेर्पा र उनका छोरा बेपत्ता भएका हुन् ।

गाउँ नजिकैको जङ्गलमा निउरो टिप्न गएका दुवै जनालाई खोला तर्ने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिए ।

स्थानियवासीले जानकारी गराएपछि अहिले प्रहरी चौकी बिगुबाट टोली घटनास्थलमा गएको छ ।

  • २८ श्रावण २०८०, आईतवार १७:१४ प्रकाशित