काठमाडौं ।
दसैंअघि लगातार ७ कारोबार दिनसम्म बढेको सेयर बजार दसैंपछिको पहिलो कारोबार दिन घटेको छ ।
सोमबार नेप्से परिसूचक ४.३४ अंक घटेको हो । यो अंकको कमीपछि नेप्से २६२९ अंकमा कायम भएको छ । ९९ कम्पनीको मूल्य बढ्यो भने १७१ को घट्यो । त्यस्तै ६ कम्पनीको मूल्य स्थिर रह्यो ।
कारोबार रकम घटेको छ । यसअघि ४ अर्ब ८८ करोडको कारोबार भएकोमा आज ४ अर्बको भएको छ ।













