कांग्रेस सांसद शर्मालाई थुनामुक्त गर्न आदेश

केन्द्रभाग मिडिया

File photo

काठमाडौं।
नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा पक्राउ परेका कांग्रेस सांसद सुनिल शर्मालाई थुनामुक्त गर्न आदेश दिएको छ।

बिहीबार केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले गोल्फुटारबाट पक्राउ परेका सांसद शर्मालाई शुक्रबार जिल्ला अदालत काठमाडौंले थुनामुक्त गर्न आदेश दिएको हो।

न्यायाधीश दण्डपाणि शर्माको इजलासले शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

यस्तै, पक्राउ परेका थप ५ जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ।

  • २६ श्रावण २०८०, शुक्रबार १८:२२ प्रकाशित