आज युरोको भाउ बढ्यो, डलरको भाउ कति छ ?(सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३२ रुपैयाँ २५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८५ पैसा रहेको छ ।

आज युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४६ रुपैयाँ २८ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३५ पैसा थियो ।

यस्तै आज पाउण्डको पनि भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३८ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिदखर १६७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७२ पैसा थियो ।

आज १० जापानी येनको खरिददर ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १८ रुपैयाँ ५३ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ २५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४१ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ०३ पैसा र बिक्रीदर २९ रुपैयाँ १७ पैसा रहेको छ ।

  • २२ श्रावण २०८०, सोमबार ०९:५७ प्रकाशित