प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौँ ।

संवैधानिक परिषद् बैठक आज बस्दैछ । प्रधानन्यायाधीशको नाम सिफारिसका लागि परिषद्को बैठक अपराह्न ४ बजेका लागि आह्वान भएको हो ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेबाट अनिवार्य अवकाशमा जाने भएका कारण नयाँ प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाका लागि नाम सिफारिस गरिन लागिएको हो ।

प्रधानन्यायाधीश कार्की अनिवार्य अवकाशमा जानुभन्दा १ महिना अगावै नयाँ प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्नुपर्नेमा अहिलेसम्म परिषद्को बैठक बस्न सकेको थिएन ।

  • १६ श्रावण २०८०, मंगलवार ११:१८ प्रकाशित