आज डलरको भाउ कति ? अन्य देशका मुद्रादरसहित

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको तेस्रो दिन आज एक डलरको खरिददर १२७ रुपैयाँ २८ पैसा र बिक्रीदर १२७ रुपैयाँ ८८ पैसा रहेको छ ।आज एक युरोको खरिददर १३० रुपैयाँ ०७ पैसा र बिक्रीदर १३० रुपैया ६९ पैसा रहेको छ ।

यस्तै आज बेलायती पाउण्ड एकको खरिदर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ८२ पैसा रहेको छ । भने एक अस्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८५ पैसा रहेको छ ।

यस्तै सिंगापुर डलरको खरिददर ९१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९२ रुपैयाँ २८ पैसा रहेको छ। १० जापानी येनको खरिददर ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०३ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६७ पैसा र बिक्री दर ३४ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिटको १ को खरिददर २८ रुपैयाँ ५८ पैसा र बिक्रीदर २८ रुपैयाँ ७१ पैसा रहेको छ ।

  • १० श्रावण २०७९, मंगलवार १०:०४ प्रकाशित