चितवन ।
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन केका लागि भनेर पहिले नै टुङ्गो लगाउनुपर्ने बताएका छन् ।
आसन्न संघीय र प्रादेशिक निर्वाचनमा निश्चित उद्देश्यसहित दलहरूको बीचमा तालमेल हुनुपर्ने बताउँदै थापाले यस्तो बताएक हुन् उनले तालमेल के का लागि गर्ने भन्ने विषयमा पहिले नै टुङ्गो लगाउनुपर्नेमा जोड दिए ।
महामन्त्री थापाले निर्वाचनपछि र अगाडिको तालमेल असफल भएको समेत बताए । उनले भने, “तालमेल के का लागि, जनतासँग जोडिन्छ कि जोडिँदैन भन्ने हुनुपर्छ ।” तत्कालका लागि नाफा मात्रै देखिन्छ भने त्यो आवश्यक नभएको उनले स्पष्ट पारे ।













