युरो र पाउण्डको भाउ बढ्यो : डलरको कति छ ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार युरो र पाउण्डको भाउ बढेको छ ।

आज एक बेलायती पाउण्ड एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६० पैसा रहेको छ । हिजो पाउण्डको एकको खरिददर १५१ रुपैयाँ १५ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८६ पैसा रहेको थियो ।

यस्तै आज युरो एकको खरिददर १२९ रुपैयाँ ६० पैसा र बिक्रीदर १३० रुपैयाँ २१ पैसा रहेको छ । हिजो भने युरो एकको १२८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १२९ रुपैयाँ २५ पैसा रहेको थियो।

आज एक डलरको खरिददर १२७ रुपैयाँ ६६ पैसा र बिक्रीदर १२८ रुपैयाँ २६ पैसा रहेको छ ।भने एक अस्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ २३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६४ पैसा रहेको छ । हिजो भने ८६ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ०७ पैसा रहेको थियो ।

यस्तै सिंगापुर डलरको खरिददर ९१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९१ रुपैयाँ ८६ पैसा रहेको छ। १० जापानी येनको खरिददर ९ रुपैयाँ २४ पैसा र बिक्रीदर ९ रुपैयाँ २८ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ०४ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३४ रुपैयाँ १५ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ९१ पैसा र बिक्री दर ३५ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिटको १ को खरिददर २८ रुपैयाँ ६७ पैसा र बिक्रीदर २८ रुपैयाँ ८० पैसा रहेको छ ।

  • ३ श्रावण २०७९, मंगलवार ०९:०२ प्रकाशित