मेकअपका सामानका लागि ११ महिनामै बाहिरियो ३ अर्ब

केन्द्रभाग मिडिया

काठमाडौै ।

आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा मात्रै झण्डै ३ अर्बको मेहन्दीसहित ुमेकअपु सामग्री भित्रिएको भन्सार विभागले जनाएको छ । वर्षेनी मेकअप सामानका लागि बाहिरिने रकम बढ्दो छ ।

साउन महिनासँगै हरियो तथा पहेँलो चुरारपोते र मेहेन्दीको सिजन सुरु भएसँगै मेकअपका सामानका लागि रकम बाहिरिने क्रम झन बढेको छ । मेकअपका सामग्री भारत लगायत अन्य मुलुकबाट भित्रिने गर्छ ।

गत आर्थिक वर्ष २०७८/७९ को साउनदेखि जेठ मसान्तसम्म २ अर्ब ८९ करोड ९३ लाख ३४ हजार रुपैयाँ बराबरको १९ लाख ३३ हजार ६३ किलो मेहन्दी, सनस्कृन क्रिम लगायत मेकअपका सामग्री भित्रिएको विभागको तथ्यांक छ । आर्थिक वर्ष ०७७/०७८ मा २ अर्ब १३ करोड २० लाख ३ हजारको मेहन्दी, सनस्कृन क्रिम लगायत मेकअप सामग्री आयात भएको थियो ।

सामान्यतस् बिहेको सिजन र साउन महिना मेहन्दीको सिजन रहेको ब्यापारी बताउँछन् । साउन महिना सुरु भएसँगै शृङ्गार पसल तथा चोकचोकमा चुरा, पोते र मेहन्दी लगाउनेहरूको चहलपहल बढेको छ ।

  • २ श्रावण २०७९, सोमबार १५:१३ प्रकाशित