काठमाडौं ।
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज ९असार २९ गते० देखि आईपीओ बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्न लागेको हो।कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको बिक्री नभएको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको छ।
त्यसबाट ७० हजार ९८८ कित्ता कर्मचारीहरूका लागि १एकलाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी २१ लाख ७६ हजार ९४० कित्ताका लागि आवेदन दिन सक्नेछन्।
सर्बसाधारण लगानीकर्ताले कम्पनीको सार्वजनिक निष्कासनमा न्यूनतम १० कित्ता देखियर अधिकतममा २१ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। आईपीओमा छिटोमा साउन १ गते उक्त अवधिसम्म आवश्यक आवेदन नपरेमा आवेदन दिने म्याद साउन ११ गतेसम्म लम्बिनेछ।