नागरिक लगानी कोषले थप १.५ प्रतिशत प्रतिफल दिने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नागरिक लगानी कोषले कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका सहभागीलाई थप प्रतिफल दिने भएको छ ।

कोषले करिव २ लाख ९८ हजार सहभागीहरुलाई थप प्रतिफल दिने निर्णय गरेको छ । कोषले आर्थिक बर्ष २०७७र७८ सम्मको मुनाफाबाट १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने भएको हो ।

कोष सञ्चालक समितिको असार ११ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । २०७८ असार मसान्तसम्मको बचत रकममा सञ्चित मुनाफाबाट एक दशमलव ५ प्रतिशतका दरले थप प्रतिफल दिँदा सहभागीहरुको खातामा कुल रकम १ अर्ब ७४ करोड रूपैँया जम्मा हुने कोषले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

  • १२ असार २०७९, आईतवार १५:१२ प्रकाशित