बुधबारदेखि नियमित उडान रोक्ने वायु सेवा सञ्चालक संघको घोषणा

केन्द्रभाग मिडिया

काठमाडौं ।
वायु सेवा सञ्चालक संघ नेपालले बुधबारदेखि नियमित उडान रोक्ने घोषणा गरेको छ । संघले हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानका लागि ५ बुँदे माग राख्दै माग सम्बोधन नभएसम्म उडान रोक्ने घोषणा गरेको हो ।

विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत कायम गर्न संघले माग गरेको छ ।

  • ७ असार २०७९, मंगलवार १५:१८ प्रकाशित