जिसस चितवनको प्रमुखमा गोलाप्रथा, एमालेका अधिकारी नियुक्त

केन्द्रभाग मिडिया

चितवन ।

जिल्ला समन्वय समिति ९जिसस० चितवनमा गोलाप्रथा भएको छ । गोलाप्रथाबाट प्रमुखमा नेकपा एमालेका नारायण अधिकारी निर्वाचित भएका छन् ।

सत्ता गठबन्धन र एमालेबीच भएको निर्वाचनमा बराबर ७/७ मत आएपछि गरिएको गोलाप्रथाबाट एमालेका अधिकारी विजयी भएका हुन् । गठबन्धनबाट जिसस प्रमुखमा पूर्णबहादुर रानाभाट उम्मेदवार रहेका थिए ।

एमालेले उपप्रमुखमा उम्मेदवारी नदिँदा गठबन्धनबाट एकीकृत समाजवादीकी उम्मेदवार कल्पना काफ्ले सापकोटा उपप्रमुख निर्विरोध निर्वाचित भएकी छिन् ।

  • ३१ जेष्ठ २०७९, मंगलवार १३:३८ प्रकाशित