सामाजिक सञ्जालमा चर्चामा रहेकी अभियन्ता वेदिका केसी पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा रहेकी अभियन्ता वेदीका केसी पक्राउ परेकी छिन् । केसीलाई आज बिहीबार पक्राउ गरिएको साइबर ब्युरोका एसपी दिलीप गिरीले जानकारी दिएका छन् । ब्युरोले उनी विरुद्ध विद्युतीय कसुर सम्बन्धी मुद्दामा म्याद लिएर अनुसन्धान थालेको छ ।

आफूलाई धर्मभित्रको गलत प्रवृत्तिको भण्डाफोर गर्ने अभियन्ताको रूपमा चिनाउने वेदीका पछिल्लो समय चर्चामा रहेकी थिइन् । उनले सामाजिक सञ्जाल टिकटक, फेसबुकमा माता, झाँक्रीको नाममा हुने गरेको ठगी धन्दाको विषयमा बोल्दै आएकी थिइन् । उनी विरुद्ध कथावाचिका राधिका दासीले उजुरी गरेको बताइएको छ ।

  • ७ श्रावण २०८३, बिहीबार १६:४८ प्रकाशित