पोखरामा २६२१० मत गन्दा मेयर र उपमेयरका उम्मेदवार कसको कति ? (विवरणसहित)

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिकामा २६ हजार २१० मत गन्दा गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले १० हजार ९३९ मत प्राप्त गरेका छन् ।

उनलाई नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार कृष्ण थापाले ९ हजार ४०५ मतका साथ पछ्याइरहेका छन् । थापा आचार्यभन्दा एक हजार ५३४ मतले पछाडी छन् ।

मेयरमा राप्रपाका शंकर खरालले एक ११९९ मत ल्याएका छन् । त्यसैगरी स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ६२४ले मत ल्याएका छन् ।

उपमेयरमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसकी कोपिला रानाभाटले ११ हजार २५४ मत ल्याएर अग्रता कायम राखेकी छन् ।

उनलाई नेकपा एमालेका उपमेयर पदका उम्मेदवार मञ्जु गुरुङले १० हजार ६९९ मत ल्यारु पछ्याइरहेकी छन् ।

उपमेयरमा राप्रपाका उम्मेदवार रञ्जना केसीले १०१२ मत ल्याएकी छन् ।

  • ३ जेष्ठ २०७९, मंगलवार १८:४० प्रकाशित