आज १५ अङ्कले घट्यो सेयर बजार

केन्द्रभाग मिडिया

काठमाडौं ।

सेयर बजारमा आज बुधबार दोहोरो अङ्कको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक १५.४३ अङ्कले घटेर २५४५.४० विन्दुमा बन्द भएको हो ।

आज कुल १९२ कम्पनीको सेयर मूल्य घटेको छ भने ७४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै, ११ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन।

आज कुल १० लाख ९६ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १९ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।समूहगत रूपमा हेर्दा आज सबै समूहका सूचक घटेका छन् ।

  • २४ भाद्र २०८३, बुधबार १५:४६ प्रकाशित