कोभिड अपडेटः देशभर ११ संक्रमितको मृत्यु, ५५५ जना निको भए

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर ११ संक्रमितले ज्यान गुमाएका छन् ।

देशका विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा बसेकाहरु मध्ये सो संख्यामा संक्रमितको मृत्यु भएको हो । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमण्बाट ज्यान गुमाउनेको संख्या ११ हजार ४२७ जना पुगेको छ ।

सोही समयमा देशभर ४६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २८७ जनामा भएको परीक्षणमा ४६९ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै थप ५५५ जना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १३ हजार ४३३ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ६७४ जना पुगेको छ । संक्रमितमध्ये ७ लाख ९२ हजार ८३२ जना निको भएका छन् ।

 हाल देशभर सक्रिय संक्रमितको संख्या ९,१७४ रहेको छ ।

  • १६ कार्तिक २०७८, मंगलवार १६:१४ प्रकाशित