कार्यवाहक प्रधानमन्त्री खाँणले भने, चुनावसम्मै गठबन्धन रहन्छ

केन्द्रभाग मिडिया

रुपन्देही । कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले सत्तापक्षीय पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहने स्पष्ट पारेका छन् । आज गृहजिल्ला रुपन्देहीमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिलेको गठबन्धनले नै संविधानको रक्षा गरेको बताए । उनले संविधानको रक्षा, जनताको चाहना र विश्वासलाई अझ मजबुत बनाउन आगामी निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम रहने बताएका हुन् ।

पछिल्लो समय पाँच दलीय गठबन्धन टुट्ने र निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने कांग्रेस नेताहरुको भनाई आईरहेको बेला गृहमन्त्रीसमेत रहेका खाँणले यस्तो बताएका हुन् ।

  • १४ कार्तिक २०७८, आईतवार १५:४१ प्रकाशित