३०० एम्पुल ड्रग्ससहित पावरहाउसबाट २ युवक पक्राउ

केन्द्रभाग मिडिया

पोखरा।

पोखरामा दुई युवक लागूऔषधसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा वडा नं ३ बस्ने वर्ष २५ का साहिल पौडेल र कास्की अन्नपुर्ण गाउँपालिका वडा नं ५ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा वडा नं ३ नदिपुर बस्ने वर्ष २७ का नबिन तिलिजा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

उनीहरुको साथबाट लागू औषध डाईजापाम १०० एम्पुल, ब्रुफिनुर्फिन १०० एम्पुल, फेनेरागन १०० एम्पुल गरी जम्मा ३०० एम्पुल लागूऔषध र एउटा मोबाइल बरामद भएको प्रहरीले जनाएको छ । ।

ईलाका प्रहरी कार्यालय शिसुवा र वडा प्रहरी कार्यालय गगनगौडा कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीको अनुसार पोखरा वडा नं.३० गगनगौडा पावरहाउसमा सवारी चेक गर्दा उनीहरुको साथमा लागूऔषध रहेको पाइएको हो ।

उनीहरुमाथि लागू औषध सम्बन्धी मुद्दामा सात म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

  • ११ कार्तिक २०७८, बिहीबार १८:४५ प्रकाशित