सर्वोच्चमा चुलिँदै मुद्दाको चाङ : अदालतमा आ–आफ्नै अडान

केन्द्रभाग मिडिया

काठमाडौं ।

आन्दोलित अदालतमा दिनदिनै मुद्धाको चाङ लाग्न थालेको छ ।

प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दैँ सर्वोच्चका न्यायाधीशहरु बहिष्कारमा उत्रेपछि न्यायालय ठप्प जस्तै बनेको छ । सर्वोच्च अदालतका अनुसार फैसलाको प्रतीक्षामा रहेका मुद्दाको सङ्ख्या २८ हजार ६२६ छ।

एक दशकअघि नौ हजारको हाराहारीमा रहेको विचाराधीन मुद्दाको सङ्ख्या करिब पाँच वर्ष न्यायाधीशको संख्या निकै कममा खुम्चिएपछि २० हजार पुगेको थियो।

जबरा र न्यायाधीश बीचको विवादका कारण जनताले न्याय पाउन सकिरहेका छैन।मुद्दाको संख्या घटाउने दबावमा रहेको सर्वोच्चमा न्यायाधीशहरुले जबराको राजीनामा मागिरहेका छन् भने जबरा राजीनामा नदिने अडानमै छन्।

वरिष्ठ न्यायाधीशहरूलाई साथ दिइरहेएको बताउने एकजना कनिष्ठ न्यायाधीशका अनुसार सेवाग्राहीलाई मर्का पर्न नदिन के गर्ने लगायतका विषयमा सहमति गरेर आउन र त्यसपछि आफूहरूले धारणा राख्ने कुरा आफूहरूले वरिष्ठ न्यायाधीशहरूलाई भनेको जानकारी दिए।

  • ११ कार्तिक २०७८, बिहीबार १५:४० प्रकाशित