अपडेटः मुख्यमन्त्री शाक्यद्वारा राजीनामा घोषणा

केन्द्रभाग मिडिया

हेटौंडा ।

नेकपा एमाले विभाजन पछि अल्पमतमा परेकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामाको घोषणा गरेकी छन् ।

प्रदेशसभा बैठकमा आफूले पेस गरेको विश्वासको मतमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले राजीनामाको घोषणा गरेकी हुन् ।प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुनु अघि उनले राजीनामा दिएकी हुन् ।

राजीनामा घोषण अघि प्रदेश सभामा सम्बोधन गर्दै उनले छोटो समयमा आफूलाई केही उपलब्धिमूलक काम गर्न सबै पक्षबाट सहयोग भएको भन्दै सबैलाई धन्यवादसमेत व्यक्त गरेकी थिइन ।

  • १० कार्तिक २०७८, बुधबार १४:३१ प्रकाशित