ग्यास लिक हुँदा घरमा आगलागी , पाँच लाख बराबरको धनमाल जलेर नष्ट

केन्द्रभाग मिडिया

काठमाडौं।

काठमाडौंको मध्यपुरथिमि नगरपालिका–२, मा ग्यास लिक हुँदा घरमा आगो लागेको छ ।

जातिगालस्थित दिलीप केसीको घरमा आज दिउँसो दिउँसो भान्छामा चुलो बाल्ने क्रममा ग्यास लिक भएर आगलागी भएको हो । आगलागीबाट करिब पाँच लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीपछि महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगले आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। आगलागीबाट भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ।

  • ९ कार्तिक २०७८, मंगलवार १६:१८ प्रकाशित