अपडेट : मनाङ एयरको हेलिकप्टरमा सवार ६ जनाकै ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

मनाङ एयरको ‘९–एन–एमभी’ हेलिकप्टर दुर्घटना हुँदा सवार ६ जनाकै ज्यान गएको छ । सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर लिखुपिके गाउँपालिकामा दुर्घटना हुँदा ६ जनाकै ज्यान गएको कोशी प्रदेशका डिआईजी राजेशनाथ बास्तोलाले जानकारी दिएका छन् ।

काठमाडौँका लागि बिहान १० बजेर १३ मिनेटमा उडेको हेलिकप्टर ‘रुखमा ठोक्किएर’ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । क्याप्टेन चेतबहादुर गुरुङसहित अन्य ५ जना मेक्सीकोका नागरिकको शव दुर्घटनास्थल लिखुपिके गाउँपालिका–५ स्थित लम्जुराडाँडामा भेटिएको छ । शव उद्धारका लागि गएका हेलिकप्टर खराब मौसमका कारण घटनास्थल पुग्न नसकेको बताइएको छ ।

  • २६ असार २०८०, मंगलवार १६:४३ प्रकाशित