कांग्रेस जबराको पक्षमा : ‘राजीनामा वा महाअभियोग लगाउनुपर्ने कुनै कारण छैन’

केन्द्रभाग मिडिया

काठमाडौं।

प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा उभिएका छन् । जबराविरुद्ध महाभियोग ल्याउने देखि राजीनामा माग्ने सम्मका गतिविधि हुन थालेपछि देउवा पक्षमा उभिएका हुन् ।

सोमबार सत्ता गठबन्धनको बैठकमा पनि देउवाले प्रधानन्यायाधीशविरुद्ध महाभियोग ल्याउन नहुने स्पष्ट धारणा राखेका थिए । देउवा निकट नेता रमेश लेखकले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने कुनै कारण नभएको बताएका छन् । प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउनुपर्ने गरी उनले गलत कार्य नगरेको समेत बताएका छन् । यसबाट पनि देउवा जबराको पक्षमा उभिएको स्पष्ट भएको छ ।

महाभियोग लगाउन कुनैपनि शक्ति अगाडि बढेमा देउवाले काँध थाप्ने रणनीति बनाएको बुझिएको छ । त्यसका लागि देउवाले आन्तरिक तयारी समेत गरेको विश्वस्त स्रोतले बताएको छ ।

प्रधानन्यायाधीश जबराले पनि जस्तोसुकै चुनौतीको सामना गर्ने भन्दै निकटस्थहरुसँग परामर्श गरेका छन् । उनले संविधान र कानुन अनुसार आफूले न्याय सम्पादन गर्दा कत्तिपनि डगमग नहुने अडान लिएको बुझिएको छ ।

  • ९ कार्तिक २०७८, मंगलवार १२:२५ प्रकाशित