पुरानै नेकपा ब्युँताउने तयारीमा प्रभु साह, ५१ सदस्यीय कमिटी गठन

केन्द्रभाग मिडिया

काठमाडौं ।

पूर्वमन्त्री प्रभु साह पुरानै नेकपा ब्युँताउने तयारीमा रहेको खुलासा भएको छ।

माओवादी परित्याग गरी नेकपा एमालेमा लागेका एमालेमा नरहने र माओवादीमा पनि नफर्कने निष्कर्षमा पुग्दै अब पुरानै नेकपालाई ब्युँताउने भएका हुन्। ‘नेकपा पुनर्गठन’का लागि साहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय कमिटीको नामावलीसमेत तयार भइसकेको बताइएको छ ।

ओलीले आफ्ना ८ बँदे मागहरु पूरा नगरी केही नेतालाई काखा लिएर पद बाँडेको र फकाउने नीति मात्र लिएकाले उनीहरु एमालेमा नरहने बताउँदै नेकपा ब्यूँताउने तयारीमा रहको एक साह निकट नेताले बताएका छन् ।

ती नेताको अनुसार अब साहको अध्यक्षतामा नेकपा पुनर्गठन हुन लागको छ । ५१ सदस्यीय केन्द्रीय कमिटीको नामावली केही दिनमै घोषणा हुनेछ ।

तत्कालका लागि नयाँ पार्टीको नाम नेकपा नै राखेर अघि बढ्ने साहको तयारी छ ।

  • ९ कार्तिक २०७८, मंगलवार ०९:३७ प्रकाशित