आज पोखराको कसेरीमा १८ औं रोपाइँ महोत्सव

केन्द्रभाग मिडिया

पोखरा ।

आज पोखरा १३ कसेरीमा १८ औं संस्करणको असारे रोपाई महोत्सव हुदैंछ ।

पोखरा पर्यटन परिषद्को आयोजनामा असार १५ अर्थात धान दिवसको अवसर पारेर ‘पोखरा सबै मौसमका लागि’ भन्दै रोपाइँ महोत्सव हुन लागेको हो । वर्षेनी आयोजना हुने रोपाइँ हरेक वर्ष फरक फाँटमा रोपाइँ महोत्सव हुदैं आएको छ ।

पोखरामा पर्यटन प्रवर्द्धन गर्न र धानखेती बारे नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले महोत्सव आयोजना गरेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए । खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यवसायीकरण गर्दै कृषकलाई पेशाप्रति अभिप्रेरित महोत्सव फलदायी हुने उनले बताए ।

यस वर्ष पोखरा–१३, महेन्द्र भण्डारीको ७ र विष्णु भण्डारीको ५ गरी १२ रोपनी क्षेत्रफलको खेतमा महोत्सव हुन लागेको बताए ।

त्यस्तै पोखरा २५ हेमजामा तेस्रो हिले महोत्सव हुदैंछ। देवीस्थान सेवा समाजले महोत्सवको आयोजनामा हुने महोत्सव रामबहादुर कुँवर, तुलसी पौडेल, डिल्लीराम नेपाली र कृष्णबहादुर कुँवरको ७ रोपनी खेतमा महोत्सव हुनेछ ।

  • १५ असार २०८०, शुक्रबार ०९:१९ प्रकाशित