पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौँ ।

ललिता निवास प्रकरणमा पक्राउ पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन् । शाहसँगै पक्राउ पर्नेको संख्या ७ पुगेको छ । एआईजी किरण बर्जाचार्यका अनुसार शाह धुम्बाराहीस्थित आफ्नै निवासबाट पक्राउ परेका हुन् ।

यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो ।

  • १२ असार २०८०, मंगलवार १५:५६ प्रकाशित