बचतकर्ताको करोडौं रकम हिनामिना गरी फरार सहकारीका अध्यक्ष पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौँ ।

भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका फरार अध्यक्ष केदारनाथ शर्मा पक्राउ भारतबाट पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले भारतको लखनउबाट उनलाई पक्राउ गरी काठमाडौँ ल्याएको छ ।सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि उनी फरार थिए ।

सिआइवीका प्रहरी उपरीक्षक नवराज अधिकारीले उनलाई पश्चिम नेपालबाट पक्राउ गरेको पुष्टि गर्दै आजै घटना विवरण सार्वजनिक गर्ने जानकारी दिए । अध्यक्ष शर्मा यसअघि भारतका विभिन्न स्थानबाट लुकीछिपी बसिरहेका थिए ।

बचतकर्ताले आफ्नो बचत फिर्ताको माग गर्दा नदिएपछि उनी र सञ्चालकविरुद्ध सहकारी विभाग र सिआइवीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा केही व्यक्ति यसअघि नै पक्राउ परे पनि उनी फरार थिए ।

  • १२ असार २०८०, मंगलवार १०:५७ प्रकाशित