पोखरामा लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध दिवसको अवसरमा प्रभातफेरी सम्पन्न भएको छ ।
हिजो असार ११ गते सोमबारको दिन लागू औषध विरुद्धको ऐक्यवद्धता : व्यक्ति समाज र राष्ट्रको प्रतिवद्धता’ भन्ने मूल नाराका साथ प्रभात फेरी कार्यक्रम आयोजना भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा भएको उक्त कार्यक्रममा कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रभातफेरीमा विभिन्न आमा समूह, संघ संस्था, विद्यालय, सशस्त्र प्रहरी बल, सामुदायिक सेवा केन्द्र तथा सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।
प्रभातफेरीमा विभिन्न नारासहितको प्लेकार्ड, व्यानर तथा पर्चा पम्प्लेटको साथमा पोखरा महानगरपालिका वडा नं।९ पृथ्वीचोक स्थितबाट सभागृह चोक सम्म र्याली निकाली निकालिएको थियो ।














