पोखरा महानगरपालिका वडा नं.२३ हर्पनका ४९ वर्षीय देब बहादुर बि.क. को हिजो (शनिबार)राती झण्डै साढे ११ बजेको समयमा चट्याङमा परी ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
उनको ढुङ्गा माटोले बनेको १ तले कच्ची घरको ढोका लगाउने क्रममा अचानक चट्याङले लाग्न उनी वेहोस भई ढलेका थिए । उनको तत्काल अस्थायी प्रहरी पोष्ट बाम्दीबाट प्रहरीले उद्धार गरी उपचारको लागी मेट्रोसिटी अस्पताल पुर्याएकोमा डक्टरले मृत घोषणा गरेको हो ।














