काठमाडौं ।
ओखलढुंगामा अविरल वर्षासँगै पहिरोले घर पुरिँदा बेपत्ता दुई बालबालिको पनि शव भेटिएको छ । १० वर्षका बालखको पनि शव भेटिएको छ।
चम्पादेवी गाउँपालिका–८ विलन्दुमा गएराति पहिरो जाँदा रणबहादुर गुरूङको घर पहिरोले बगाउँदाँ रणबहादुर र उनकी पत्नी शिवमायाको ज्यान गएको थियो भने उनका १० वर्षका छोरा दिनेश र १८ महिनाकी छोरी कविता बेपत्ता थिए।
उनीहरुको केही बेरअघि शव फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।













