काठमाडौं ।
म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियानअन्तर्गत उपभोक्ताले यामाहा स्कुटर र मोटरसाइकल जित्ने क्रम जारी छ । अभियानमार्फत हालसम्म पाँच जना भाग्यशाली उपभोक्ता स्कुटर तथा मोटरसाइकलका विजेता बनेका छन् । अझै एउटा प्रोटोन कारको बम्पर पुरस्कार विजेता घोषणा हुन बाँकी छ ।
यसपटकको भाग्यको चमक बुटवल र धनगढीसम्म पुगेको छ । बुटवलका नरबहादुर ठोकरले यामाहा आरजेआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलका विजेता बनेका छन् । म्याक्स टाइगरको एउटा क्यानसँग जोडिएको पुरस्कार जित्ने अवसरले दुवै विजेताको दसैँलाई विशेष बनाएको छ ।
जीवनमै पहिलोपटक यति ठूलो पुरस्कार हात पारेका नरबहादुर ठोकरका लागि यो जित अविस्मरणीय बनेको छ। सामान्य रूपमा खरिद गरिएको एउटा क्यान इनर्जी ड्रिंकले उनलाई नयाँ स्कुटरको विजेता बनाएको हो। दसैँको उत्सवसँगै जोडिएको यो अप्रत्याशित खुसीले उनको चाडपर्वलाई थप यादगार बनाएको छ ।
यसअघि बनेपाका कुमार राज र धादिङका गल्छीका सञ्जोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका थिए । त्यस्तै, सुर्खेतका किशोर जंग शाह यामाहा आरजेआर स्कुटरका विजेता बनेका थिए । थप दुई जना विजेता सार्वजनिक भएसँगै मोटरसाइकल जित्नेको संख्या तीन र स्कुटर जित्नेको संख्या दुई पुगेको छ ।
म्याक्स टाइगरको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियानमा पुरस्कारको आकर्षण अझै कायम छ । अभियानअन्तर्गत कुल १८ जना भाग्यशाली उपभोक्ताले यामाहा एफजेड एफआई मोटरसाइकल र १८ जनाले यामाहा आरजेआर स्कुटर जित्ने अवसर पाउनेछन् । त्यसबाहेक एक जना महाभाग्यशाली उपभोक्ताले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार प्राप्त गर्नेछन् ।
पाँच जना विजेता सार्वजनिक भइसके पनि अझै ३१ वटा स्कुटर तथा मोटरसाइकल र एउटा प्रोटोन कारको पुरस्कार बाँकी छ। यसले आगामी विजेता को बन्ला भन्ने उत्सुकता थप बढाएको छ । बनेपादेखि बुटवल, धादिङदेखि धनगढी र सुर्खेतसम्म फैलिएको यो पुरस्कार अभियानले विभिन्न स्थानका उपभोक्तामा दसैँको उत्साह थपेको कम्पनीले जनाएको छ । हरेक क्यानसँग ऊर्जा र हरेक जितसँग नयाँ उत्साह जोड्ने उद्देश्यले सुरु गरिएको अभियानले उपभोक्तालाई चाडपर्व मनाउने थप अवसर प्रदान गरिरहेको छ ।
स्कुटर र मोटरसाइकलका थप विजेतासँगै सबैको प्रतीक्षामा रहेको प्रोटोन कारको बम्पर पुरस्कारले आगामी दिनमा अभियानलाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ । म्याक्स टाइगरको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ ले उपभोक्ताका लागि पुरस्कार, खुसी र अविस्मरणीय अनुभवको उत्सवलाई निरन्तरता दिइरहेको छ ।













