दुर्घटना अपडेट : मन्त्री सिंहकी पत्नी र भाउजूको ज्यान गयो

केन्द्रभाग मिडिया

बझाङमा सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको दुर्घटनामा ज्यान गएको छ।

दुर्घटनामा सिंहकी पत्नी अमृता र भाउजू जयादेवीको देउराको निजी मेडिकलमा उपचारको क्रममा ज्यान भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिएका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका मन्त्री सिंहसहित तीन जनाको थप उपचारको लागि हेलिकप्टरबाट नेपालगन्ज लगिएको छ।घाइते मन्त्री सिंह, उनका पिएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक धर्मराज जोशीलाई उपचारका लागि नेपालगन्ज लगिएको हो ।

मंगलबार दिउँसो २ बजेतिर सुदूरपश्चिम सरकारका मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको कार दुर्घटनामा परेको थियो।

  • ५ असार २०८०, मंगलवार १७:०१ प्रकाशित