हुम्ला ।
कर्णाली नदीमा जीप खस्दाँ चालकको ज्यान गएको छ ।
सिमकोटबाट हिल्सातर्फ जाँदै गरेको बोलेरो जीप कर्णाली नदीमा खस्दा शान्तिपुर–२ धनुसा जनकपुरका चालक ३० वर्षका चालक राजेश हेन्जन तामाङको घटना स्थलमै ज्यान गएको हो ।
चट्टानी भीरको उकालो सडकमा जीप अगाडी बढ्न नसकेर ब्याक भएपछि नदीमा खसेको प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताएका छन् । कर्णाली प्रदेश ३०१०२२ च ५१२६ नम्बरको जिप खसेको हो ।
नदीमा खस्दै गरेको जिपबाट चालकले हाम फालेको भए पनि जीपले लछारेर लगेपछि सख्त घाइते भएको अवस्थामा प्रहरीले भेटाएको भए पनि पछि ज्यान गएको प्रहरीले बताएको छ।
उकालो भीरमा गाडी चढ्न नसक्ने भएपछि चालक तामाङले बाह्र जना यात्रुलाई झारेर आफुले गाडी चलाएका थिए । जसले ठुलो मानवीय क्षती हुनबाट जोगाएको प्रहरीले जनाएको छ ।














