मनाङ । शनिबारको बर्षाका कारण पहिरो जाँदा मनाङ जाने सडक अवरुद्ध बनेको छ । डुम्रे–बेँसीशहर–चामे सडक खण्डअन्तर्गत लमजुङको बेँसीशहर नगरपालिका–९ खरखरेमा पहिरोले बाटो अवरुद्ध बनेको हो ।
बाटो अवरुद्ध हुँदा हिमाली जिल्ला मनाङ जाने यात्रुलाई समस्या परेको छ । वर्षासँगै पहिरो खसेर सडक अवरुद्ध भएकाले हटाउनका लागि डुम्रे–बेंसीशहर–चामे सडक योजना कार्यालयले एक्साभेटरलगायत सामग्री तयारी अवस्थामा राखेको छ ।














