फुङ्लिङ ।
पूर्वी नेपालमा गएको बाढी पहिरोमा परि थप एकको ज्यान गएको छ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका–६ मेहेलेमा गएको पहिरोमा परी बेपत्ता भएका चार जनामध्ये एक जनाको शव भेटिएसँगै मृतकको संख्या थपिएको हो ।
पहिरोमा परी बेपत्ता भएका ३० वर्षीय गणेश तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेपत्ता तीन जनाको खोजीकार्य भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले मेहेलेमा भालुखोपका एकै परिवारका तीन जना बेपत्ता भएका जानकारी दिए ।














