सिन्धुली ।
सिन्धुलीमा गए राति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको ज्यान गएको छ ।
कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर ज्यान गएको हो । लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बालकको लिचीको दाना अड्किएर ज्यान गएको अस्पतालले जानकारी दिएको बताए ।














