श्रीमानको कुटाईबाट वडा सदस्य महिलाको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

श्रीमानको कुटाइबाट एकजना महिला वडा सदस्यको ज्यान गएको छ ।

काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका वडा नम्बर ११ की दलित महिला सदस्य ज्ञानीमाया विकको आफ्नै श्रीमानको कुटाईबाट ज्यान गएको हो । कुटपिटबाट हत्या गरेको अभियोगमा उनका पति सन्दु विकलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलवार राति श्रीमानको कुटाइबाट मरणासन्न भएकी ज्ञानीमायाको उपचारको क्रममा धुलिखेल अस्पतालमा बुधवार राति ज्यान गएको बताइएको छ ।

  • ३२ जेष्ठ २०८०, बिहीबार ११:०८ प्रकाशित