गोरखामा बस दुर्घटना : १२ जना घाइते

केन्द्रभाग मिडिया

गोरखामा बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । नारायणगढबाट गोरखाको आरुघाटका लागि छुटेको ना ५ ख ७२११ नम्बरको बस आज बिहान ११ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

गोरखा नगरपालिका-८ ढुङ्गागाढेमा भएको उक्त दुर्घटनामा घाईतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुईजनालाई चितवनको भरतपुर मेडिकल कजेलमा पठाइएको छ । भने बाकिँ १० जना घाइतेको अवस्था सामान्य रहेकाले गोरखा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

  • ३१ जेष्ठ २०८०, बुधबार १६:२५ प्रकाशित