फेवातालको सिरानतर्फ बनाइएको प्लटिङमा पोखरा महानगरले चलायो डोजर

केन्द्रभाग मिडिया

पोखरा ।

फेवातालको सिरानतर्फ सिमसार पुरेर बनाइएको प्लटिङमा पोखरा महानगरपालिकाले डोजर चलाएको छ।

धमाधम सिमसार क्षेत्रमा प्लटिङ भइरहँदा पनि महानगरले आखाँ चिम्लेर बसेको भन्दे सर्वत्र आलोचना भएपछि महानगरले आज सो क्षेत्रमा डोजर चलाएको हो । महानगरबाट गएको नगर प्रहरीको टोलीले डोजर लगाएर प्लटिङ भत्काएको महानगरका प्रवक्ता मोतिलाल तिमल्सिनाले जानकारी दिए ।

महानगरले सिमसार क्षेत्र पुर्ने माथि कुनै कारबाही गर्न नसकेको भन्दै मेयर धनराज आचार्यको आलोचना हुँदै आएको थियो।उनले सिमसार क्षेत्रका सबै प्लटिङ डोजर लगाएर भत्काउन सोमबार नगर प्रहरीलाई निर्देशन दिएका थिए।

  • ३० जेष्ठ २०८०, मंगलवार १६:४० प्रकाशित