घरभाडा वृद्धि नगर्न र ५० प्रतिशतसम्म छुट दिन घरभाडा सरोकार समितिको अपिल

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिले घरभाडा वृद्धि नगर्न र बढेको भाडा मिनाहा गर्न धरधनीलार्य आग्रह गरेको छ ।

आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले कोरोना महामारीपछि आर्थिक संकट बढेकाले व्यवसायी पलायन हुने अवस्था बढिरहेको भन्दै सो आग्रह गरेको हो ।

पछिल्लो समय व्यवसायीहरु पलायन हुदाँ घर तथा सटर खाली हुने क्रम बढेकाले यस्तो परिस्थिती रोक्नका लागि घरधनीहरुले राहतको प्याकेज ल्याउन जरुरी रहेको समितिको भनाई छ ।

समितिका अध्यक्ष कमल प्रसाद न्यौपानेले घरधीहरुले भाडाको प्रकृति हेरेर कम्तिमा २५ देखि ५० प्रतिशत सम्म भाडामा छुट दिन अपिल गरे ।

समितिले आर्थिक संकटबाट माथि उठ्नका लागि घरधनी र व्यवसायी बिच सहयोगको भावना हुनुपर्ने र व्यवसाय गर्ने वातावरण बनाउन पहल गनुपर्ने बताएको छ ।

यसैबीच समितिले प्रेस विज्ञप्ति जारी गर्दै घरधनीहरुसँग विभिन्न अपिल गरेको छ ।जसअन्तर्गत संकट सामान्य नभएसम्म घरभाडामा ५० प्रतिशत छुट दिन,सम्झौता अनुरुप भाडा बढाउने बेला भएको छ भने अहिलेलाई नबनाउन, घर बहाल कर घरधनी आफैँले तिर्न, भाडा समयमै भुक्तानी गर्न नसके पनि व्यवसायीलाई घर आली गर्न बाध्य नपार्न अपिल गरिएको छ ।

परिस्थिती सहज नभएसम्म बाचौँ र बचाऔं भन्ने मूल मन्त्रलाई आत्मसात गर्न पनि समितिले अनुरोध गरेको छ ।

  • ३० जेष्ठ २०८०, मंगलवार १५:३८ प्रकाशित